१२ चैत्र २०८२, बिहिबार


नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल र एमाले उपाध्यक्ष रामबहादुर थापा माओवादी सशस्त्र युद्धका ‘सहयोद्धा’ हुन् । त्यसबेला दाहाल सुप्रिम कमान्डर थिए भने थापा सहकमान्डर । त्यति मात्र होइन, उनीहरू पञ्चायती निरंकुश व्यवस्थाविरुद्धको मोर्चामा पनि सँगै थिए । तर, अहिले भने पूर्वसहयोद्धा फरक–फरक पार्टीमा छन् । संयोग नै भन्नुपर्छ, यसपटकको संसद्‌मा यी दुई सहयोद्धाको एउटै टेबुल सेयर गरेका छन् । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा एमाले र नेकपा सानो आकारमा खुम्चिएपछि संसद्‌मा यी दुई दलका शिर्ष नेताले टेबुल ुसेयरु गर्नु परेको हो ।

यो निर्वाचनमा दाहाल रुकुम पूर्वबाट प्रत्यक्ष निर्वाचित हुन् । थापा भने एमाले समानुपातिक सूचीबाट संसद्‌मा पुगेका हुन् । बिहीबार नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथग्रहण गराएका थिए । समारोहमा पूर्वप्रधानमन्त्री दाहाल र एमाले उपाध्यक्ष थापाका लागि एउटै टेबलको व्यवस्था गरिएको थियो । पहिलो लहरमा बसेका थापा र दाहालले सामान्य कुराकानी गरे । थापा सहज रुपमा बसे पनि दाहाल भने उकुशमुकुश अवस्थामा थिए । उनीसँग जम्मा १७ सांसद छन् । दाहालका कुनैबेलाका ुविश्वासपात्रु थापा फागुन २०७७ देखि एमालेमा छन् ।

advertisement

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com