काठमाडौं। रसुवाको लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आज दिउँसो साढे १ बजेदेखि उक्त हेलिकप्टरसँग सम्पर्क हुन सकेको छैन ।
प्राधिकरणले हेलिकप्टरको खोजी तथा उद्धार कार्यमा सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको बताएको छ ।
अझै थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार












प्रतिक्रिया