काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह को शपथग्रहण समारोहमा गगन थापा अनुपस्थित भएका छन्।
विशेष धार्मिक विधिपछि शाहले प्रधानमन्त्री पदको शपथ लिएका थिए। तर, नेपाली कांग्रेसका सभापति थापा भने समारोहमा सहभागी भएनन्।
निमन्त्रणा पाए पनि काठमाडौं बाहिर रहेका कारण उनी उपस्थित हुन नसकेको उनका निकट स्रोतले जनाएको छ।
थापा अनुपस्थित भएपछि कांग्रेसका तर्फबाट उपसभापति पुष्पा भुसाल समारोहमा सहभागी भएकी थिइन्।
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया