काठमाडौं। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को १५ सदस्यीय मन्त्रिपरिषद्मा पहिलो पटक ३३ प्रतिशत महिला मन्त्री नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्मा ५ जना महिला मन्त्री छन् । सोबिता गौतम कानून मन्त्री, सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, प्रतिभा रावल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री र निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन् ।
राज्यले समावेशिताको नीति अंगालेको १८ वर्षपछि मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व भएको यो पहिलो घटना हो । यसअघि सबैभन्दा बढी महिला मन्त्री २०७९ मा २६ प्रतिशत (६ जना) मात्र थिए ।
बालेन सरकारका ५ जना महिला मन्त्रीले खसआर्य, दलित, मधेसी र थारू समुदायको प्रतिनिधित्व गरेका छन् । जनजातिबाट भने सुधन गुरुङले प्रतिनिधित्व गरेका छन् ।
संघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य भए पनि मन्त्रिपरिषद्मा यस्तो बाध्यकारी व्यवस्था थिएन । युवा प्रधानमन्त्री बालेन शाहले समावेशितालाई प्राथमिकता दिँदै ३३ प्रतिशत महिला मन्त्री नियुक्त बनाएर नयाँ रेकर्ड कायम गरेका छन् ।
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया