काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले मन्त्रिपरिषदको पहिलो बैठकले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा गरेको निर्णयलाई कुटिल र षडयन्त्रपूर्ण भएको भन्दै विरोध जनाएका छन्।

बस्नेतले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, “प्रतिवेदन कार्यान्वयनको नाममा सरकारले धरपकड र राजनीतिक बदला लिन खोजेमा त्यसको पहिलो गासमै ढुङ्गा पर्ने मात्र होइन, देश पुनः द्वन्द्वतर्फ धकेलिने जोखिम छ। न्याय सबैका लागि समान हुनुपर्छ, अन्यथा सशक्त प्रतिरोध अवश्य हुनेछ।”

advertisement

उनले भदौ २३–२४ का आन्दोलन र सडकमा जबरजस्ती बालबालिकालाई उतार्ने, उग्र उपद्रो मच्चाउने गतिविधिमा संलग्न सांसद, मन्त्री र प्रधानमन्त्रीसम्मका व्यक्तिहरूको निष्पक्ष अनुसन्धान र कारबाही आवश्यक रहेको पनि बताए।

बस्नेतले थपे, “सन्देहास्पद गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूको रकम अपराधमा प्रयोग भएको आशंका गम्भीर छ। यस्ता आतंककारी गतिविधि र त्यसको नेतृत्व समाजका लागि स्वीकार्य हुँदैन। सबै पक्षको निष्पक्ष अनुसन्धान बिना गरिने कदम पूर्वाग्रहपूर्ण हुनेछ।”

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com