काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ।
उहाँलाई आज बिहान भक्तपुरको गुण्डुस्थित निजी निवासबाट नियन्त्रणमा लिइएको हो।
जेन–जी विद्रोहका घटनासम्बन्धी छानबिनमा तत्कालीन प्रधानमन्त्रीका रूपमा ओली दोषी ठहरिएको भन्दै गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रतिवेदन दिएको थियो। उक्त आयोगले ओलीसँगै तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो।
वालेन्द्र शाह नेतृत्वको सरकारले शुक्रबार उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि शनिबार बिहान ओलीलाई पक्राउ गरिएको हो।
प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार













प्रतिक्रिया