काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नहुने बताएका छन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले यो कदम प्रतिशोध नभई न्यायको सुरुवात भएको स्पष्ट पारे।
‘वाचा भनेको वाचा हो : कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ,’ उनले लेखेका छन्, ‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।’
उनले अब देशले नयाँ दिशा लिने विश्वाससमेत व्यक्त गरेका छन्।
ओली र लेखकलाई प्रहरीले आज बिहानै पक्राउ गरेको हो।
प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार













प्रतिक्रिया