काठमाडौं । नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा राजधानी काठमाडौंमा सडक प्रदर्शन सुरू गरेको छ।
ललितपुरको च्यासलस्थित पार्टी सचिवालय बैठक चलिरहेकै बेला कार्यकर्ताहरू चावहिल क्षेत्रमा उत्रिएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।
शनिबार बिहान ओली पक्राउ परेपछि एमाले नेताहरूले कडा प्रतिवाद जनाउँदै आन्दोलनमा जाने चेतावनी दिएका थिए। सोहीअनुसार पार्टीले औपचारिक रणनीति तय गर्न बैठक गरिरहेको छ भने कार्यकर्ताहरू सडकमा उत्रिएका छन्।
प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार













प्रतिक्रिया