काठमाडौं। केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेसँगै राजधानी काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको छ।
विशेषगरी ओलीको निवास आसपास क्षेत्र भक्तपुर मा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सम्भावित प्रदर्शन र आन्दोलनलाई मध्यनजर गर्दै सुरक्षा निकाय उच्च सतर्कतामा राखिएको छ।
नेकपा एमाले ले ओलीको पक्राउविरुद्ध देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएपछि राजधानीको सुरक्षा व्यवस्था थप कडा पारिएको हो। पार्टीले भातृ संगठनहरूलाई समेत सडकमा उतार्ने तयारी गरेको जनाएको छ।
शनिबार बसेको एमाले सचिवालय बैठकले ओलीको तत्काल रिहाइको माग गर्दै चारबुँदे निर्णय गरेको छ। निर्णयअनुसार पार्टीले कानुनी र राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने बताएको छ।
कार्यक्रमअनुसार आज दिउँसो ३ बजे देशभरका जिल्ला सदरमुकाममा जनसंगठनमार्फत विरोध प्रदर्शन गरिनेछ। यसैगरी भोलि चैत १५ गते दिउँसो १२ बजे प्रत्येक जिल्लामा पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शन गरिनेछ।
प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम समेत तय गरिएको छ। एमालेले आन्दोलनलाई देशव्यापी बनाउने तयारीसँगै राजधानीमा सुरक्षा चुनौती बढ्ने आकलन गरिएको छ।
प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार











प्रतिक्रिया