काठमाडौं। गृहमन्त्री सुधन गुरुङ ले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन् । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उनले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।
मन्त्री सुधन गुरुङ ले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तको पनि निरीक्षण गरेका जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
गृहमन्त्री गुरुङले आजै रामशाहपथस्थित काठमाडाैँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको पनि निरीक्षण गरेका छन् ।
प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार











प्रतिक्रिया