काठमाडौं। इरानविरुद्ध अमेरिका र इजरायलले थालेको युद्धमा यमनका हुथी विद्रोही समूह पनि प्रत्यक्ष रूपमा मिसिएको छ । हुथीले इजरायललाई लक्षित गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेका छन् ।

सीएनएनको रिपोर्ट अनुसार युद्ध दोस्रो महिनामा प्रवेश गरिरहँदा हुथी विद्रोही समूहले इजरायलमाथि मिसाइल आक्रमण गरेको हो । हुथीले आफूहरू इजरायलविरुद्धको लडाइँमा पूर्ण रूपमा सहभागी भएको घोषणा गर्दै थप आक्रमणको चेतावनी पनि दिएका छन् ।

advertisement

यद्यपि, इजरायली पक्षले अधिकांश क्षेप्यास्त्रहरूलाई आफ्नो प्रतिरक्षा प्रणालीमार्फत अवरोध गरेको जनाएको छ ।

विश्लेषकहरूका अनुसार हुथीहरूको यो प्रवेशले मध्यपूर्वको युद्धलाई अझ जटिल र व्यापक बनाउने जोखिम बढाएको छ । इरानसँग नजिक रहेका अन्य समूहहरू पनि सक्रिय हुन सक्ने संकेत देखिएको छ । यसले द्वन्द्वलाई बहुपक्षीय युद्धतर्फ मोड्ने सम्भावना बढाएको छ ।

यो घटनाले क्षेत्रीय सुरक्षा स्थिति अझ तनावपूर्ण बनेको छ । होर्मुज जलडमरू र बब अल-मन्डेब स्ट्रेट जस्ता महत्वपूर्ण समुद्री मार्गमा पहिलेदेखि नै जोखिम बढेको अवस्थामा हुथीहरूको आक्रमणले विश्व ऊर्जा आपूर्तिमा थप दबाब पर्न सक्ने देखिन्छ ।

 

प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com