काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले सरकारी सेवामा व्यापक सुधार गर्ने लक्ष्यसहित नागरिकमैत्री कार्यसूची सार्वजनिक गरेको छ।

शनिबार सार्वजनिक गरिएको उक्त कार्यसूची पहिलो मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको हो।

advertisement

सरकारले अब पासपोर्ट, नागरिकता प्रतिलिपि, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लगायतका महत्वपूर्ण सरकारी सेवाहरू घरमै उपलब्ध गराउने योजना अघि सारेको छ। यसका लागि हुलाक सेवालाई आधुनिकीकरण गर्दै “गभर्नमेन्ट कुरियर सर्भिस” का रूपमा विकास गरिने उल्लेख गरिएको छ।

उक्त सेवा मार्फत आवश्यक सरकारी कागजातहरू घर–घरमा पुर्‍याउने व्यवस्था १०० दिनभित्र लागू गर्ने लक्ष्य राखिएको छ।कार्यसूचीमा नागरिकले सेवा प्राप्त गर्दा ढिलासुस्ती, झन्झट र बिचौलियाको प्रभाव अन्त्य गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

सेवाहरूलाई छिटो, सहज र पूर्वानुमान गर्न सकिने निश्चित समयसीमाभित्र उपलब्ध गराउने व्यवस्था लागू गरिने सरकारको योजना छ।यसका साथै सम्पूर्ण सेवा प्रक्रियालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्दै ‘मुहारविहीन’ (faceless) र समयबद्ध (time-bound) बनाइने उल्लेख गरिएको छ। सरकारले यसलाई सुशासन र सेवा प्रवाह सुधारतर्फको महत्त्वपूर्ण कदमका रूपमा प्रस्तुत गरेको छ।

प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com