काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा नेकपा एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा विरोधपत्र बुझाउने भएको छ।

शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयअनुसार पार्टीले यो कदम चाल्न लागेको हो।

advertisement

एमालेले भदौ २३ र २४ का घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगप्रति असहमति जनाउँदै उक्त घटनाको निष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ।

ओली पक्राउपछिको राजनीतिक अवस्थाबारे संसदमा रहेका विभिन्न दलहरूसँग संवाद गर्दै सामूहिक प्रतिवादको समन्वय गर्न विष्णु पौडेल, रामबहादुर थापा र गोकर्ण विष्टलगायत नेताहरूलाई जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com