काठमाडौं । भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले बारा नाकासँग जोडिएको नेपाल–भारत सीमाक्षेत्रबाट ठूलो परिमाणमा कोडिनयुक्त (मनोप्रभावी) लागूऔषध ओनेरेक्स कफ सिरपसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

शनिबार साँझ करिब ७:४५ बजे प्राप्त गोप्य सूचनाका आधारमा एसएसबीको ७१ बटालियन, मोतिहारीअन्तर्गत ‘बी’ कम्पनी महुआवाले छौदादानो थानासँग संयुक्त रूपमा अपरेसन सञ्चालन गरेको थियो। सो क्रममा बीआर २२ जीसी ७३८२ नम्बरको टाटा एस गोल्ड गाडीबाट ओनेरेक्स कफ सिरप बरामद गरिएको एसएसबी मुख्यालय पिपराकोठिका सहायक कमाण्डेन्ट विश्वजित तिवारीले जानकारी दिएका छन्। उनका अनुसार गाडिबाट १०० एमएलका ८४० बोतल सिरप फेला परेको छ।

advertisement

उक्त सामग्री भारतबाट नेपालतर्फ तस्करी गरेर ल्याइँदै गरेको अवस्थामा सीमास्तम्भ (आईएनबी) बीपी नम्बर ३७६ नजिकै, बेला गाउँबाट करिब १० किलोमिटर टाढा बरामद गरिएको जनाइएको छ।

घटनामा एक भारतीय र एक नेपाली नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको पश्चिम चम्पारण जिल्लाका ३५ वर्षीय जन्मेजय कुमार मिश्र र नेपाल बारा जिल्ला कबहिगोठ–३ जमुनिया गाउँका ५० वर्षीय रमेश प्रसाद रहेका छन्, भन्ने जानकारी एसएसबी मुख्यालय पिपराकोठिका प्रवक्ता विनीत कुमार सिंहले दिएका छन्।

बरामद लागूऔषध र पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि छौदादानो थानामा बुझाइएको एसएसबीले जनाएको छ।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com