काठमाडौँ । नेकपा एमालेको प्रदर्शनलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले देशभरका प्रहरीहरुलाई बिहान ८ बजेदेखि स्ट्याण्डबाई ड्युटीमा राखेको छ। सशस्त्र प्रहरी पनि गस्तीमा परिचालित हुने तयारीमा छ।

एमालेले शनिबार बिहानैदेखि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोधमा प्रदर्शन गरेको थियो। सरकारले जेन्जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै शनिबार बिहान ओली र लेखकलाई भक्तपुरबाट पक्राउ गरेको थियो।

advertisement

पूर्वनिर्धारित कार्यक्रमअनुसार आज आइतबार एमालेले देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी गरेको छ। त्यसक्रममा निषेधित क्षेत्रको सुरक्षा, विभिन्न सरकारी भवन तथा व्यक्तिहरुको सुरक्षा सुनिश्चित गर्न केन्द्रीय प्रहरीको आदेश अनुसार सबै युनिटहरु परिचालित हुनेछन्।

प्रहरी स्रोतका अनुसार नियमित कार्यमा कुनै अवरोध नहुने भए पनि परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै सम्बन्धित कमाण्डरको निर्देशनमा आवश्यकतानुसार अतिरिक्त परिचालन हुनेछ। देशभर प्रहरी कर्मचारीहरुलाई अत्यावश्यक बाहेक विदा नदिइने र सबै गण, गुल्म तथा तालिम केन्द्रका जनशक्ति परिचालित रहने व्यवस्था गरिएको छ।

काठमाडौँमा विशेष गरी निषेधित क्षेत्र र महत्वपूर्ण स्थानमा प्रहरी टोलीसँगै बिहान ८ बजेदेखि ड्युटी सुरु हुनेछ। भिड नियन्त्रणका लागि आवश्यक सबै सुरक्षा व्यवस्था तयार गरिएको छ।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com