काठमाडौं । केपी शर्मा ओली र रमेश लेखक लाई आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइँदैछ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक लाई यसअघि जरुरी पुर्जी थमाएर पक्राउ गरिएको थियो। कानुनी प्रावधानअनुसार पक्राउ गरेको २४ घन्टाभित्र अदालतमा उपस्थित गराउनुपर्ने हुन्छ।

advertisement

गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले दुवैलाई दोषी ठहर गर्दै तीनदेखि १० वर्षसम्म कैद सजायको सिफारिस गरेको छ। उक्त घटनामा जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनअनुसार उक्त आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको उल्लेख गर्दै मुख्य जिम्मेवारका रूपमा ओली र लेखकलाई औंल्याइएको छ।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com