काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले आज काठमाडौं जिल्ला अदालत पुगेर तारेख बुझेका छन् ।

उनी आइतबार बिहान अदालत पुगेका थिए । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेमाथि मुद्दा चलिरहेको छ र सोही मुद्दामा आज उनले तारेख बुझेका बताइएको छ ।

advertisement

यसैबीच, लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर सम्बन्धी महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिटमा आज उच्च अदालतमा सुनुवाई हुँदैछ । उक्त रिटमा आजै फैसला आउन सक्ने सम्भावना रहेको छ । यो मुद्दा न्यायाधीश विनोद शर्मा र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासमा परेको छ ।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com