काठमाडौं। नेपाली कांग्रेसमा रमेश लेखक पक्राउ प्रकरणलाई लिएर संस्थापन समूह र संस्थापनइतर समूहबीच तीव्र मतभेद देखिएको छ । पूर्णबहादुर खड्काले हिजो कार्यवाहक सभापतिको नाममा विज्ञप्ति जारी गरेपछि यो विवाद थप चर्किएको हो ।
खड्काले आफूलाई कार्यवाहक सभापति भनेर प्रस्तुत गरेको भन्दै सभापति गगनकुमार थापा नेतृत्वको संस्थापन समूह ले उनको सदस्यता नै नवीकरण नगर्ने तहसम्मको बहस सुरु गरेको छ । संस्थापन पक्षले खड्काविरुद्ध कारबाही गर्न पनि पछि नपर्ने बताएको छ ।
सभापति गगन थापाले खड्काको विज्ञप्ति जारी गर्ने विषयमा जानकारी लिएको बताइए पनि, एकथरी नेताहरूले अब खड्कालाई पार्टी सदस्यता नवीकरण गर्न नहुने भन्दै कडा अडान लिएका छन् ।
चुनावपछि कांग्रेसमा शेरबहादुर देउवा र शेखर कोइराला समूहले १४औँ महाधिवेशनको कार्यसमितिको नाममा समानान्तर गतिविधि बढाएका छन् । उनीहरूले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको रूपमा सक्रिय बनाएर पार्टीभित्र दोस्रो केन्द्र बनाउने प्रयास गरिरहेको देखिन्छ ।
यो घटनाले नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्व फेरि एक पटक सतहमा आएको छ ।
प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार













प्रतिक्रिया