काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप माग गर्दै सरकारी वकिलले दिएको निवेदनमाथिको बहस जिल्ला अदालत काठमाडौंमा सकिएको छ ।
आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा भएको बहसपछि अदालतले केहीबेरमा म्याद थप सम्बन्धी निर्णय सुनाउने भएको छ । सरकारी वकिलले ओली र लेखकलाई १० दिन थुनामा राखी अनुसन्धान अघि बढाउन माग गरेका थिए ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले ओली र लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो । उक्त सिफारिसका आधारमा हिजो शनिबार बिहान जरुरी पक्राउ पुर्जी जारी गरी दुवै नेतालाई पक्राउ गरिएको थियो ।
आजको सुनुवाईमा रमेश लेखक अदालतमा आफैं उपस्थित भएका थिए भने केपी शर्मा ओली बिरामी भएका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट भर्चुअल रूपमा उपस्थित भएका थिए ।
अदालतले अब यस निवेदनमा के निर्णय गर्छ, त्यसलाई निकट भविष्यमा नै हेर्न बाँकी छ ।
प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार













प्रतिक्रिया