काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ ।
ओलीकी श्रीमती राधिका शाक्यको तर्फबाट दायर गरिएको उक्त रिटमा गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गरिएको छ । आज दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिट माथि बहस आगामी सोमबार हुने भएको छ ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओली र कांग्रेस नेता रमेश लेखकलाई गत शनिबार (चैत १४ गते) पक्राउ गरिएको थियो । पक्राउ परेपछि ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ ।
एमालेले ओली र लेखकको गिरफ्तारीलाई गैरकानुनी र पूर्वाग्रही भएको भन्दै राजनीतिक तथा कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार













प्रतिक्रिया