वीरगञ्ज। आफ्नी पत्नीको खुट्टा काटेर गम्भीर घाइते बनाउने पतिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गत चैत १ गते पर्सागढी नगरपालिका–३ बिरुवा टोलका ३० वर्षीय विश्वनाथ सहनीले आफ्नी पत्नी हरिकलादेवीको हातखुट्टा बाँधेर धारिलो हतियारले बायाँ खुट्टा पैतलाभन्दा माथिबाट छिनिने गरी काटेका थिए ।
घाइते महिलाको बारास्थित एलएस न्यूरो अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । घटनापछि फरार रहेका पत्नीको खुट्टा काट्ने सहनीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतले उक्त जानकारी दिएका छन् ।
प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार













प्रतिक्रिया