काठमाडौं। सङ्घीय संसद् सचिवालय ले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूलाई जेठ १० गतेभित्र अनिवार्य रूपमा आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ।

सचिवालयका प्रवक्ता एकराम गिरी का अनुसार सांसदहरूले तोकिएको समयसीमाभित्र सांसद सुविधा व्यवस्थापन शाखामा सम्पत्ति विवरण दर्ता गराउनुपर्नेछ।

advertisement

यो व्यवस्था भ्रष्टाचार निवारण ऐन २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ अनुसार गरिएको हो। यी कानुनअनुसार सार्वजनिक पदमा नियुक्त व्यक्तिले जिम्मेवारी सम्हालेको मितिले ६० दिनभित्र आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको स्रोतसहितको विवरण पेश गर्नुपर्ने प्रावधान छ।

नवनिर्वाचित सांसदहरूले चैत १२ गते पद तथा गोपनीयताको शपथ लिएका थिए। सोही आधारमा ६० दिनको समयसीमा जेठ १० गते पुग्ने भएकाले उक्त मितिभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिइएको हो।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com