काठमाडौं । बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले एक जना पुरुष र दुई महिलासहित तीन जनालाई आज पक्राउ गरिएको जानकारी दिए। पीडित पक्षले पाँच जनाको नाममा किटानी जाहेरी दिए पनि तीन जनालाई पक्राउ गरिएको उनले बताए।

advertisement

गएराति नेपालगन्ज१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिकै जलेर घाइते भएको अवस्थामा भेटिएकी युवतीको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको थियो। सुरुमा पहिचान नखुले पनि अनुसन्धानका क्रममा निज नेपालगन्ज–१२ कोरियनपुरकै २२ वर्षीया सिर्जना बुढा मगर भएको पत्ता लागेको प्रहरी नायब उपरीक्षक पातलीले जानकारी दिनुभयो।

पक्राउ परेकाबाहेक अन्य व्यक्तिको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com