काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालनमा रहेका केही स्पा सेन्टरमा बालिकालाई काममा लगाइएको आरोपमा आठ जना सञ्चालकलाई आइतबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पोखरा–६ लेकसाइडका ४७ वर्षीय होमबहादुर बुढाथोकी, २४ वर्षीया जेनिशा श्रेष्ठ सुनार, २३ वर्षीया शर्मिला परियार, ४२ वर्षीय सुरेश विक, २७ वर्षीय जीवन श्रेष्ठ, ३० वर्षीया अप्रिना खातुन, ४४ वर्षीय राजु थापामगर तथा पोखरा–१७ का २८ वर्षीय सरोज सुनार रहेका छन्।
प्रहरीका अनुसार मापदण्डविपरीत स्पा सञ्चालन गर्नुका साथै बालिकालाई काममा लगाउने र स्पाभित्र अवाञ्छित गतिविधि हुने/गराउने आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। उद्धार गरिएका बालिकाहरूलाई परिवार तथा आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
छ।

प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार

प्रतिक्रिया