काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोटमा तीनवटा सवारी साधन ठोक्किँदा १२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार दुर्घटना आज बिहान गैँडाकोट नगरपालिका–९, हनुमान मन्दिर नजिक भएको हो। नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको लु.१–००१ख ०९१० नम्बरको बसले गैँडाकोटबाट भेडाबारीतर्फ जाँदै गरेको बाप्र.१–०२८च ५००४ नम्बरको पिकअप भ्यान र सोही दिशातर्फ जाँदै गरेको बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो।

advertisement

दुर्घटनामा ट्रक चालक ३२ वर्षीय इन्द्र तामाङ (रामेछाप, खाँडादेवी गाउँपालिका–४), पिकअप चालक ३३ वर्षीय दर्शन काप्री (चितवन, भरतपुर महानगरपालिका–१२) र बस चालक ४१ वर्षीय मोहनसिंह बलामी मगर (बाँके, नेपालगञ्ज उपमहानगरपालिका–२०) घाइते भएका छन्।

बसमा सवार अन्य ९ जना यात्रु पनि सामान्य घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि चितवन लगिएको छ। प्रहरीका अनुसार हाल यातायात सामान्य अवस्थामा आएको छ।

 

प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com