काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरणको निवेदनको पेसी न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको छ ।

पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको निवेदनको पेसी न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । यी दुवै पेसी इजलासको पहिलो क्रममै रहेका छन् ।

advertisement

शनिबार पक्राउ परेका ओलीकी श्रीमती राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएकी हुन् भने लेखकको पनि उनकी श्रीमती यशोदा लेखकले निवेदन दर्ता गराएकी थिइन् ।

अध्यक्ष केपी शर्मा शनिकार गुन्डुबाट पक्राउ परेका थिए । सोही दिन उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । हाल उनी अस्पतालमा चिकित्सकको निगरानीमै रहेका छन् ।

ओली र लेखक भदौ २३ को घटनामा दमन गरेको आरोपमा जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस अनुसार पक्राउ परेका हुन् ।

आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरु दुवै जनालाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com