काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ले सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षण गरेका छन् ।
प्रहरीको डिजिटल फरेन्सिक ल्याब, अपराध अनुसन्धान विभाग लगायत विभिन्न निकायको अवलोकन गरेपछि उनले प्रहरी उच्च अधिकृतहरुलाई निर्देशन सम्बोधन गरे ।
त्यस क्रममा उनले प्रहरीलाई सर्वसाधारणसँग बोली, व्यवहार सुधार्न निर्देशन दिँदै प्रहरीलाई मोडलका रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको सुनाए । ‘प्रहरीको रासन सुधारदेखि अनुसन्धानका लागि अत्यधुनिक प्रविधि ल्याउने काम हाम्रो हो,’ उनले भने, ‘तपाईंहरु काम गरेर देखाउनुस् ।’
गृहमन्त्री सुधन गुरुङ ले प्रहरीका लागि चाहिने कपडाको उद्योगसमेत आफैं खोलेर गुणस्तरीय उत्पादन गर्नुपर्ने बताए । ‘अरु आवश्यकताका स्रोत साधनहरु स्तरीय हुनुपर्छ,’ उनले भने ।
प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार













प्रतिक्रिया