काठमाडौं । कास्कीको लिची बगान घुस प्रकरणमा मुछिएका पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठ विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ।

मंगलबार सर्वोच्च अदालत का न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा मुद्दा पेश हुने भएको हो।

advertisement

यसअघि विशेष अदालत ले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी उक्त आदेशविरुद्ध सर्वोच्च पुगेका हुन्। सोही मुद्दामा पूर्वमन्त्री श्रेष्ठ र तत्कालीन मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीलाई पनि संगै राखेर सुनुवाइ हुँदैछ।

विशेष अदालतले श्रेष्ठ र अधिकारीलाई जनही ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। उक्त आदेश बदर गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको हो।

पोखरास्थित लिचीबारी घुस प्रकरणमा गुप्ताले मालपोत प्रमुखको सरुवा रोक्ने र भूमि आयोगमा नियुक्ति दिलाउने आश्वासन दिएर ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ। साथै, राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठ ले मिलेमतोमा २५ लाख रुपैयाँ घुस लिएको अभियोग पनि लगाइएको छ।

गुप्ताले भने अदालतमा आफू निर्दोष रहेको र घुस नलिएको दाबी गरेका छन्। तर, प्रारम्भिक प्रमाणका आधारमा अदालतले उनलाई तत्काल निर्दोष मान्न नसकिने ठहर गरेको छ।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com