काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ६ हजार ७०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ। आज चाँदीको मूल्य प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ८४५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया