काठमाडौं। भक्तपुर र महोत्तरीमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने कपिलवस्तु र धनुषामा डुबेर दुई जनाको ज्यान गएको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका-८ घ्याम्पेडाँडामा स्कुटर दुर्घटना हुँदा काठमाडौँ महानगरपालिका-३२ का ३१ वर्षीय किरण पाण्डेको मृत्यु भएको हो।
महोत्तरीको गौशाला नगरपालिका-३ इँटाटारमा मोटरसाइकल दुर्घटना हुँदा औरही नगरपालिका–१ का २३ वर्षीय धर्मेन्द्र साहको मृत्यु भएको हो।
त्यसैगरी, कपिलवस्तुको बुद्धभूमि नगरपालिका-४ का १४ वर्षीय तुसार खनालको गुदरुङ खोलामा डुबेर मृत्यु भएको छ।
धनुषाको सहिदनगर नगरपालिका-६ हरबडाका १५ वर्षीय कार्तिक मण्डलको आफ्नै घरअगाडि रहेको पोखरीमा डुबेर ज्यान गएको छ।
प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया