काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग आज छलफल गरिरहेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजेदेखि उक्त बैठक जारी रहेको जनाइएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशका स्थानीय समस्या, विकासका आवश्यकता र जनताका प्राथमिक मागबारे प्रत्यक्ष जानकारी लिन प्रधानमन्त्री शाहले सांसदहरूसँग छलफल गरेका हुन्।

advertisement

यसअघि हिजो मात्रै प्रधानमन्त्री शाहले कर्णाली र कोशी प्रदेशका सांसदहरूसँग पनि यस्तै प्रकारको छलफल गरेका थिए।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com