काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाशमा जाँदैछन्।
२०८१ साल असोज महिनामा प्रधानन्यायाधीश पदमा नियुक्त भएका राउतलाई संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त जिम्मेवारी दिएका थिए।
राउतको अवकाशसँगै सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको रूपमा जिम्मेवारी सम्हाल्नेछिन्।
यसअघि तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाशमा गएपछि राउत उक्त पदमा नियुक्त भएका थिए।
प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार











प्रतिक्रिया