काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ)का महानिरीक्षक (आईजीपी) राजु अर्याल नेतृत्वको टोलीसँग छलफल गरेका छन्।

गृहमन्त्रालयमा भएको उक्त बैठकमा मन्त्री गुरुङले सीमा सुरक्षा तथा गस्तीलाई थप प्रभावकारी र कडाइका साथ सञ्चालन गर्न निर्देशन दिएका छन्।

advertisement

यससँगै सम्भावित विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीबारे पनि विस्तृत रूपमा छलफल गरिएको छ। विपद्को जोखिम न्यूनीकरण, आवश्यक स्रोत साधनको व्यवस्थापन र सम्बन्धित निकायबीच समन्वय सुदृढ गर्ने विषयमा विशेष जोड दिइएको मन्त्रीको सचिवालयले जनाएको छ।

त्यसैगरी, मन्त्री गुरुङले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै यसतर्फ कडा निगरानी र प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com