काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह  (बालेन) ले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार सिंहदरबारमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाहले अत्यन्त जरुरी आयोजनालाई बजेटको सीमाभित्र रहेर प्राथमिकतामा आधारमा अघि बढाउने प्रतिबद्धता जनाएका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह ले प्रदेशमा अघि बढ्न नसकेका जरुरी योजनाहरूका बारेमा जानकारी लिएको कैलाली–४ बाट निर्वाचित सांसद खेमराज कोइरालाले जानकारी दिए ।

advertisement

सुदूरपश्चिममा तत्काल आवश्यक २ अर्ब ६० करोड आसपासको बजेटलाई विनियोजन गर्न आफूहरूले आग्रह गरेको र प्रधानमन्त्रीबाट सकारात्मक जवाफ प्राप्त भएको उनले बताए ।

सांसद कोइरालाले बजेटको आकार हेरेर जरुरी योजनाहरूलाई अघि बढाउने समेत प्रतिबद्धता आएको जानकारी दिए ।

प्रधानमन्त्री शाहले यसअघि सोमबार कोशी र कर्णाली प्रदेशबाट निर्वाचित विभिन्न दलका सांसदहरुसँग छलफल गरेका थिए ।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com