काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलबार सिंहदरबार स्थित सरकारी निवासमा सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भएको भेटमा उनले उक्त परियोजनालाई प्राथमिकतामा राख्दै आवश्यक बजेट निकासा गर्ने बताए।
भेटमा सहभागी कञ्चनपुर क्षेत्र नम्बर १ का सांसद जनकसिंह धामीका अनुसार प्रधानमन्त्रीले सीमित बजेटका बाबजुद अत्यावश्यक योजनाहरूलाई अघि बढाइने स्पष्ट पार्नुभएको थियो। सो क्रममा सीमा व्यवस्थापन, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता महत्वपूर्ण विषयमा पनि छलफल भएको थियो।
प्रधानमन्त्री बालेन्द्र शाह ले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँगै गोकुलेश्वर विमानस्थल सञ्चालनलाई समेत द्रुत गतिमा अघि बढाउने आश्वासन दिनुभएको छ। साथै धनगढी–दीपायल द्रुतमार्ग, सडक र खानेपानीजस्ता पूर्वाधार विकासका विषयहरूमा पनि सरकार गम्भीर रहेको बताइएको छ।
सरकारले जनचासोका महत्वपूर्ण योजनाहरूलाई प्राथमिकतामा राख्दै रोकिएका विकास निर्माणका कामलाई गति दिने नीति लिएको प्रधानमन्त्रीले बताउनुभएको सहभागी सांसदहरूले जानकारी दिएका छन्।
प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया