काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ मुद्दा प्रतिनिधि सभाको बैठकमा उठाउने निर्णय गरेको छ। एमाले सचिवालयको मंगलबार बसेको बैठकले संसदमा ओलीको पक्राउको विरोध गर्दै विषय उठाउने योजना बनाएको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन्। संघीय संसदको अर्को बैठक चैत १९ गतेका लागि बोलाइएको छ।
त्यस्तै, एमालेले सडकबाट समेत पक्राउको विरोधका कार्यक्रम जारी राख्ने निर्णय गरेको छ।
पोखरेलका अनुसार, एमालेले अध्यक्ष ओलीमाथि गरिएको पक्राउ प्रतिशोधात्मक र पूर्वाग्रही भएको ठान्दै राजनीतिक रूपमा त्यसविरुद्ध प्रतिवाद गर्ने रणनीति तय गरेको छ।
प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया