काठमाडौं । व्यवसायी दीपक भट्ट लाई अध्यागमन विभागले कालोसूचीमा राखेको दाबी गरिएको छ। सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान अघि बढाइएपछि मंगलबार उनलाई कालोसूचीमा समावेश गरिएको स्रोतले जनाएको छ। यससँगै उनको पासपोर्ट रोक्का हुने बताइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग को पत्रका आधारमा अध्यागमन विभाग ले उक्त निर्णय लिएको जनाइएको छ।

advertisement

इन्फिनिटी होल्डिङ्सका प्रमुख भट्टमाथि राजनीतिक पहुँच प्रयोग गरी सेटिङमार्फत स्वार्थअनुरूप काम गराउने गरेको आरोप लाग्दै आएको छ। शंकास्पद आर्थिक कारोबार फेला परेपछि उनी २०७९ मंसिरमै सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा तानिएका थिए र प्रारम्भिक बयान समेत लिइएको थियो। तर, त्यसपछि अनुसन्धान रोकिएको थियो भन्ने आरोप रहँदै आएको छ।

नयाँ सरकार गठनसँगै अनुसन्धान प्रक्रिया पुनः सक्रिय बनाइएको स्रोतको दाबी छ। यस क्रममा केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतका पूर्वप्रधानमन्त्री तथा उनीहरू निकटका व्यक्तिहरूमाथि पनि अनुसन्धान तीव्र बनाइएको उल्लेख गरिएको छ।

यद्यपि, सम्बन्धित निकायबाट यसबारे औपचारिक पुष्टि भने सार्वजनिक भएको छैन।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com