काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला तथा उत्पीडित समुदायले प्राप्त गरेका अधिकार आफ्नो नेतृत्वमा भएको आन्दोलन, त्याग र बलिदानको परिणाम भएको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हालै सम्पन्न निर्वाचनमा पार्टीले अपेक्षाकृत कम सिट जिते पनि आफ्नो राजनीतिक एजेन्डा र मुद्दाहरू विजयी भएको दाबी गरे।

advertisement

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा आफ्नो नेतृत्वको आन्दोलनको निर्णायक भूमिका रहेको उल्लेख गर्दै त्यसको श्रेय आफूहरूलाई जाने बताएका छन्। उनले देशका विभिन्न उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायको अधिकार तथा पहिचान सुनिश्चित गर्न आफ्नै संघर्षले आधार तयार पारेको धारणा व्यक्त गरे।

उनले भने, ‘जसले धेरै वा कम सिट जिते पनि फरक पर्दैन, महिलालगायत विभिन्न समुदायबाट प्रतिनिधित्व बढेको देख्दा मलाई गर्व लाग्छ। यो सबै हाम्रो त्याग, बलिदान र संघर्षकै उपलब्धि हो। अब यसको संरक्षण र आवश्यक परिमार्जन गर्न विशेष भूमिका निर्वाह गर्नुपर्ने अवस्था आएको छ।’

प्रचण्डले वर्तमान सरकारलाई रचनात्मक तथा सकारात्मक ढंगले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। साथै, प्रतिनिधिसभामा पूर्वप्रधानमन्त्रीहरू मध्ये आफू मात्रै उपस्थित रहेको उल्लेख गर्दै यसलाई चुनौतीसँगै अवसरका रूपमा लिएको बताए।

उनले मुलुकमा सुशासन प्रवर्द्धन र विद्यमान व्यवस्थाको सुदृढीकरणका लागि संसद्मा सक्रिय र रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com