काठमाडौं। प्रहरी वृत्त मालिगाउँमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मालिगाउँ वृत्तमा कार्यरत ३५ वर्षीय सई दिनेश राउत रहेका छन्।
अख्तियारका अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाउन सहजिकरण गरिदिएबापत उनले २० हजार रुपैयाँ घुस लिएका थिए।
मंगलबार काठमाडौं महानगरपालिका–५ गहनापोखरीस्थित ग्रिन क्याफेबाट सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो।
अख्तियारले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार












प्रतिक्रिया