काठमाडौं । काठमाडौंको गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयबाट प्रहरीले ८ जना बिचौलियालाई पक्राउ गरेको छ।

ब्लु बुक नवीकरणलगायतका सेवामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीलाई अनावश्यक झन्झट दिने तथा हैरानी पार्ने आरोपमा उनीहरूलाई प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

advertisement

पक्राउ पर्नेहरूमा कुलेश्वरका २५ वर्षीय पासाङ तामाङ, काभ्रेका ३० वर्षीय सुनिल लामा, चन्द्रागिरिका २३ वर्षीय सुदीप मगर, धादिङका २० वर्षीय बुद्ध तामाङ, मकवानपुरका २६ वर्षीय सुमेश नेपाली, धादिङकै अमन तामाङ, बझाङका उज्ज्वल सिंह र मोरङका २६ वर्षीय दिलीप राई रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट सेवाग्राहीका ब्लु बुकहरू समेत बरामद गरिएको छ।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com