काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको आधिकारिक तस्बिर सार्वजनिक भएको केही समयमै परिमार्जन गरिएको छ। बुधबार दिउँसो जारी गरिएको प्रारम्भिक तस्बिरमा देखिएको ब्राण्ड नाम हटाउँदै सोही तस्बिर पुनः अद्यावधिक संस्करणमा सार्वजनिक गरिएको हो।

पहिलो फोटोमा प्रधानमन्त्रीले लगाएको चश्मामा ‘रेबन’ ब्राण्ड स्पष्ट देखिन्थ्यो। तर दोस्रोपटक सार्वजनिक गरिएको तस्बिरमा उक्त ब्राण्ड नाम सम्पादनमार्फत हटाइएको छ। तस्बिरका अन्य सबै पक्ष भने यथावत् राखिएका छन्—कालो पोशाक, कालो टोपी र कालै चश्मासहित प्रधानमन्त्री उस्तै प्रस्तुत भएका छन्, साथै दुवै कानमा टप लगाएको शैली पनि परिवर्तन गरिएको छैन।

advertisement

सरकारी निकायहरूमा राष्ट्रपति र प्रधानमन्त्रीको आधिकारिक तस्बिर राख्ने परम्परा अनुसार नै यो तस्बिर सार्वजनिक गरिएको हो।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com