काठमाडौँ । महेश बस्नेतका अनुसार नेकपा एमालेको संसदीय दलको बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले आज दिउँसो ३ बजेका लागि बैठक बोलाएको हो।
बैठक पार्टी कार्यालयमै बस्नेछ। भोलि बस्ने प्रतिनिधिसभाको पहिलो बैठकअघि आजको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने तयारी गरिएको छ।
यसअघि मंगलबार बसेको बैठकले केपी शर्मा ओली र रमेश लेखकको पक्राउको विरोधमा राजनीतिक तथा कानुनी प्रतिवादलाई निरन्तरता दिने निर्णय गरेको थियो। संसदबाट पनि उक्त विषयमा पार्टीले कडा विरोध जनाउने तयारी गरेको छ।
प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार













प्रतिक्रिया