काठमाडौं । संघीय संसद सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ।
सरकारको सिफारिसअनुसार राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गरेपछि संसद सचिवालयले सर्वदलीय बैठक बोलाएको हो। बैठक आज दिउँसो १ बजे सिंहदरबारमा आयोजना हुने जनाइएको छ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक भने १९ चैत दिउँसो २ बजेका लागि तोकिएको छ।
प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार













प्रतिक्रिया