काठमाडौं । नेकपा एमाले ले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पार्टीले व्यहोरेको हारका प्रमुख कारणको विश्लेषण गर्दै नयाँ पुस्ता (जेन–जी) को उदय र उनीहरूको बदलिँदो राजनीतिक मनोविज्ञानलाई निर्णायक तत्व भएको ठहर गरेको छ।

बुधबार बसेको एमाले जनसंगठनको बैठकमा महासचिव शंकर पोखरेलले समकालीन राजनीतिमा जेन–जीको प्रभावले शक्ति सन्तुलनलाई नयाँ दिशातर्फ धकेलेको उल्लेख गर्दै हारका २० वटा मुख्य कारणहरू प्रस्तुत गरेका छन्।

advertisement

उनका अनुसार, निर्वाचनमा एमालेसहितका परम्परागत दलहरूले भोगेको चुनौती केवल चुनावी नतिजा मात्र नभई सामाजिक, प्राविधिक र मनोवैज्ञानिक परिवर्तनको संयुक्त प्रभाव हो। नयाँ पुस्ताले विचारधारा, इतिहास वा पार्टीप्रतिको बफादारिताभन्दा पनि कामको नतिजा, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिन थालेको पार्टीको निष्कर्ष छ।

बैठकमा प्रस्तुत प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन शाह र हर्क साम्पाङदेखिएकाले युवा पुस्ता नयाँ विकल्पतर्फ आकर्षित भएको एमालेको बुझाइ छ।

त्यस्तै, पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा गरिएको संसद् विघटनलाई नयाँ पुस्ताले शक्ति संघर्ष र राजनीतिक स्वार्थको रूपमा हेरेको र यसले अस्थिरता निम्त्याएको धारणा पनि हारको प्रमुख कारण मानिएको छ। साथै, पार्टीको आन्तरिक एकता कमजोर देखिनु र स्थिरता दिने क्षमतामा कमी आएको स्वीकार गरिएको छ।

प्रतिनिधि सभा निर्वाचनमा एमालेले केवल २५ सिटमात्रै जितेको थियो।

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com