काठमाडौं । राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक मंगलबार सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता नारायण प्रसाद दाहालले गरेका थिए।

संसद् सचिवालयका अनुसार बैठकमा भोलिदेखि सुरु हुने २०औँ अधिवेशनको तयारी, राष्ट्रिय सभा उपाध्यक्ष तथा सभापतिको निर्वाचन, साथै नवनिर्वाचित सदस्यहरूको विभिन्न समितिमा बाँडफाँट लगायतका विषयमा विस्तृत छलफल भएको छ।

advertisement

त्यसैगरी, आगामी बैठकको कार्यसूची निर्धारण, बैठक कक्षको सिट व्यवस्थापन, प्रस्तावित कार्यतालिका, कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन तथा अन्य संसदीय प्रक्रियासम्बन्धी विषयहरूमा पनि छलफल गरिएको जनाइएको छ।

बैठकमा अध्यक्ष दाहालले २०औँ अधिवेशनलाई सफल बनाउन सबै राजनीतिक दलहरूको सक्रिय सहभागिता र रचनात्मक सहयोग आवश्यक रहेको उल्लेख गर्दै सहकार्यका लागि आह्वान गरेका छन्।

बैठकमा सोविता गौतम, कार्यव्यवस्था परामर्श समितिका सदस्यहरू, संघीय संसदका महासचिव तथा राष्ट्रिय सभाका सचिवलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com