काठमाडौं। नेकपा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ।

जारी सचिवालय बैठकमा दलको नेताका लागि सहमति जुट्न नसकेपछि प्रतिस्पर्धात्मक निर्वाचन हुन लागेको हो।

advertisement

एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सांसद सुहाङ नेम्वाङ बीच प्रतिस्पर्धा हुने भएको छ।

निर्वाचन प्रक्रिया अघि बढाउन तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। निर्ज आचार्यको संयोजकत्वमा गठन भएको उक्त समितिले निर्वाचनको तयारी गर्ने छ।

एमालेले दलको नेता चयनका लागि पहिलो पटक निर्वाचन प्रक्रिया अपनाउन लागेको हो। यसअघि यस्ता पदहरूमा सामान्यतया सहमतिमा नै निर्णय गरिने गरिएको थियो।

 

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com