काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्वाचित भएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचन प्रक्रियामार्फत उनी दलको नेतामा चयन भएका हुन्। निर्वाचन समितिका संयोजक नीरज आचार्यका अनुसार प्रतिस्पर्धी उम्मेदवार सुहाङ नेम्वाङले उम्मेदवारी फिर्ता लिएपछि बादल निर्विरोध रूपमा चयन भएका हुन्।
इलाम–२ बाट निर्वाचित युवा सांसद नेम्वाङले प्रारम्भमा दलको नेतामा दाबी प्रस्तुत गरेका थिए।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेले कुल २५ सिट मात्र जितेको थियो।
प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार













प्रतिक्रिया