बुटवल । नेकपा एमालेका वरिष्ठ नेता वासुदेव घिमिरेले पार्टी सुधारको नाममा अहिलेका निर्णयहरू विफल र अन्ततः पार्टीलाई नष्ट गर्ने बाटोमा लग्ने टिप्पणी गरेका छन्।

घिमिरेको टिप्पणी खासगरी एमाले संसदीय दलको नेतामा समानुपातिक सांसद रामबहादुर थापा ‘बादल’ निर्विरोध चयनसँग सम्बन्धित थियो। यसअघि प्रत्यक्षतर्फ निर्वाचित सांसद सुहाङ नेम्वाङले पनि नेता पदका लागि दाबी गरेका थिए, तर प्रस्तावक र समर्थक नपाउँदा उनले पछि हट्नुपरेको थियो।

advertisement

वासुदेव घिमिरेले भने, ‘संसदीय दलको नेतामा समानुपातिक सांसदलाई निर्विरोध चयन गर्दा पार्टीभित्र र बाहिर आलोचना सुरु हुनु स्वाभाविक हो। यसले पार्टी सुधार नभई अन्ततः पार्टीलाई विलाउने बाटो खोल्छ।’

उनले पार्टीभित्र विगतमा गरेको सक्रियता पनि स्मरण गराए। तिलोत्तमा नगर प्रमुख हुँदा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा गरिएको संसद् विघटनको विरोधमा नगरपालिका लेटरप्याडमै विज्ञप्ति जारी गरी स्पष्ट धारणा राखेका थिए। साथै, गत २३–२४ भदौमा जेनजी आन्दोलनमा सरकारको भूमिकामाथि प्रश्न उठाएका थिए र पार्टी महाधिवेशनमा ईश्वर पोखरेल पक्षमा उभिएका थिए।

घिमिरेको अभिव्यक्तिले एमाले भित्रको नेतृत्व चयन प्रक्रिया र पार्टी एकताको अवस्था माथि उठेका असन्तोषलाई पुनः प्रकाशमा ल्याएको छ।

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com