काठमाडौं । जिल्ला प्रहरी कार्यालयले सुनसरीका दुई सरकारी कार्यालयबाट १७ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ।
सेवाग्राहीलाई दुःख र हैरानी दिएको सूचनाका आधारमा इनरुवास्थित जिल्ला मालपोत कार्यालय र इटहरीको यातायात व्यवस्था कार्यालयबाट उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरी उपरीक्षक केशव थेबेका अनुसार मालपोत कार्यालय परिसरबाट छिटो काम गरिदिने बहानामा बिचौलियाको काम गरिरहेका १३ जना र यातायात कार्यालयबाट ४ जना गरी कुल १७ जनालाई नियन्त्रणमा लिइएको हो।
मालपोत कार्यालयबाट पक्राउ पर्नेमा रामधुनी–९ का २८ वर्षीय युजिन घिमिरे, रामधुनी–५ का ५६ वर्षीय धननारायण श्रेष्ठ, इटहरी–५ की २७ वर्षीय अर्चना आचार्य, इटहरी–५ का ५० वर्षीय दीपककुमार दाहाल र इनरुवा–३ की ३२ वर्षीय आयसा मोते रहेका छन्।
त्यसैगरी, इनरुवा–२ का २४ वर्षीय मिलन मेहता, इनरुवा–६ का ५२ वर्षीय मेघराज फुयाँल, इनरुवा–८ का ४० वर्षीय वीरेन्द्र पण्डित, इनरुवा–२ का ३५ वर्षीय असिप आचार्य, इनरुवा–६ का ४९ वर्षीय रोशन विक, इनरुवा–१ का ३२ वर्षीय प्रमोसकुमार सिंह, भोक्राहा नरसिंह–५ का २५ वर्षीय एकरार आलम मन्सुरी र भोक्राहा नरसिंह–१ का २६ वर्षीय सर्ताज आलम मन्सुरी पनि पक्राउ परेका छन्।
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया