काठमाडौं ।जापानमा नेपाली पाठ्यक्रमअनुसार कक्षा १२ सम्म अध्ययन र अध्यापन गर्दै आएको एभरेष्ट इन्टरनेशनल स्कुल, जापानका छैटौँ ब्याचका विद्यार्थीहरू यस वर्षको एसईई परीक्षामा सहभागी भएका छन्। आजबाट सुरु भएको परीक्षामा विद्यालयका कुल २३ विद्यार्थीले भाग लिएका छन्।
विद्यालय प्रशासनका अनुसार, यस वर्ष ९ जना छात्र र १४ जना छात्रा गरी जम्मा २३ विद्यार्थी सहभागी भएका छन्। विद्यालयका विद्यार्थीहरूले सन २०२१ देखि लगातार एसईई परीक्षा दिँदै आएका छन्।
एभरेष्ट इन्टरनेशनल स्कुल, जापान नेपाल सरकारको मान्यताप्राप्त नेपाल बाहिर सञ्चालन भइरहेको एक मात्र नेपाली सरकारी उच्च माध्यमिक विद्यालय हो, जहाँ कक्षा १२ सम्म अध्ययन र अध्यापन भइरहेको छ। विद्यालयले जापानको शिक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय शैक्षिक मापदण्डअनुसार पनि आफ्ना शैक्षिक गतिविधि निरन्तर अघि बढाउँदै आएको छ।
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया